FAQs Complain Problems

संक्षिप्त परिचय

ब्यास गाउँपालिका दार्चुला जिल्लाकाे ग्रामिण हिमालि भेगमा पर्ने गाउँपालिका हाे याे गाउँपालिका जिल्ला सदरमुकाम बाट १० काेष दुरीमा रहेकाे छ ।साविकका ५ अाेटा गाउँविकास समितिहरु मिलेर बनेकाे  यस गाउँपालिकामा  हाल ६ अाेटा वडाहरु छन्  यस गाउँपालिकाकाे क्षेत्रफल ८३९.२६ वर्गकिलाेमिटर रहेकाे छ । जनगणना २०६८ अनुसार यस गाउँपालिकाकाे जनसंख्या १०३४७  र २२८७  घरधुरी हरु रहेका छन् । यस गाउँपालिकाकाे पुर्व तिर बझाङ, पश्चिम तिर भारत, उतर तिर चीन, र दक्षिण तिर दुहँ, अपिहिमाल र नाैगाड गाउँपालिकाहरुकाे सिमाना जाेडिएकाे छ । हाल यस गाउँपालिकाकाे भाैतिक पुर्वाधार काे रुपमा रहेकाे दार्चुला ति‌ंकर सडक निर्माणाधिन अवस्थामा रहेकाे छ । यातायात काे लागि भारतकाे बाटाे हुँदै महाकाली नदी तरेर यातायात गर्नु पर्ने यहाँका जनसमुदायहरुकाे लागि जाेखिमपुर्ण रहेकाे छ ।

फेस बुक फिड